आज भोली बोली बार्यौ के भूल गरे मैले ।
माया प्रित अन्तै सार्यौ के भूल गरे मैले ।
युगौ युग सँगै बाँच्ने गरी बाँचा कसम,
मेरो चोखो माया मार्यौ के भूल गरे मैले ।
दुनियाँको नजरमा नाम कमाई बिद्धारानी,
जुनी भरी एक्लै पार्यौ के भूल गरे मैले ।
समयले तिमी बाट धेरै टाढा हुँदा पनी,
बर्र बर्र आँसु झार्यौ के भूल गरे मैले ।
अर्कै सँग यात्रा नार्यौ के भूल गरे मैले ।