आज एउटा, यस्तो नाता, गाँस्ने बिचारमा छु
तिम्रो याद, दिलमा राखि, हाँस्ने बिचार मा छु
यो मनको, फुलबारीको, माली तिम्लाई मानि कन
ह्रदयमा, तिम्रो तस्विर, टाँस्ने बिचारमा छु
तिम्रो याद, दिलमा राखि, हाँस्ने बिचार मा छु
सिउँदो भर्न' तयार छु, साथ तिम्ले, दिन्छौ भने
तिम्रो लागि, मेरो जिवन, माँस्ने बिचार मा छु