आजै आफ्नो छैन भने भोलिको के कुरा
गंगासागर भो रगतको खोलिको के कुरा
मारेपछी दाजुलाई आतंकी हौ तिमी भनि
भाउजुले लाउने सारी र चोलीको के कुरा
बिहे भाको अर्को दिनमै सिन्दुर लुटी बैनीको
उनकै सामु उठायौ अर्थी डोलीको के कुरा
देखाउछौ आश्वासन झुटै भएपनि तिमी
राम जाने तिम्रो त्यो बोलीको के कुरा
गंगासागर भो रगतको खोलिको के कुरा