अजम्बरी न्यानो साथ मा'ग्या थिएँ तिमीसंग
बास बस्न भित्रि आँत मा'ग्या थिएँ तिमीसंग
चोटैचोटले जिन्दगि यो धुजा धुजा पारे पछी
राहतको मिठो बात मा'ग्या थिएँ तिमीसंग
बेदनाको ओडारमा गुम्सिएर बस्दा मैले
साहाराको त्यो हात मा'ग्या थिएँ तिमीसंग
जिन्दगीका चाहाहरु अधेंरीमा डुब्न लाग्दा
चाँदनीको नौलो रात मा'ग्या थिएँ तिमीसंग
मनभरि सुख खात मा'ग्या थिएँ तिमीसंग