आकाश् बन्छु म तिमी जून बन्नु है !
रक्तनली बन्छु म खुन बन्नु है !!
चर्के मेरो जिन्दगी उदासिए मन,
सारगीँको सुमधुर् धुन बन्नु है !!
पुष् माघको मुटु ठिर्याउने जाडोमा,
हेर म काप्न सक्छु ऊन बन्नु है !!
एक्लो जीवन् आफैँलाई खल्लो लाग्दिने,
बेस्वादको हुन्छु कि? नुन बन्नु है !!
सौन्दर्य त तिमीमा छैन कत्ति कम्,
श्रृङ्गारमा सुहाउने सुन बन्नु है !!
दोषजति म लिन्छु गुन बन्नु है !!