अकस्मात नै बोलि बार्यौ, थाहै पाईन मैले
आँखा बाट आशु झार्यौ , थाहै पाईन मैले
सोधेकि हुँ एउटा कुरा, भन्छौ कि त भनि
किन भोली भन्दै टार्यो, थाहै पाईन मैले
आफै हात समातेर, नदी तार्छु भन्यौ
मझधारमा यक्लै पार्यौ, थाहै पाईन मैले
छोड्नु थियो किन लियौ, यो मनमा डेरा
बस्ति किन अन्तै सार्यौ, थाहै पाईन मैले
तिमिले चट्टै माया मार्यौ, थाहै पाईन मैले