आँखाबाट तप्पतप्प, झर्न लागेको छु,
वारि मुटु छाडी पारि, तर्न लागेको छु !
दिनको मूल्य-महत्त्व, रातले बढाउँछ,
रात बनेर म त्यही काम, गर्न लागेको छु !
कताकता शङ्का लाग्छ, राम हुँ कि म रावण?
तिमी हैन, तिम्रो दु:ख, हर्न लागेको छु !
नामै लिन चाहँदैनन्, सबै डराउँछन्,
म त आफ्नो नाम आफैँ पो, दर्न लागेको छु !
नसोच के अचम्म भो, यस्तै हो यो जीवन,
आफ्ना लागि आफैँ गोली, भर्न लागेको छु !
सायद हारेरै पो हो कि, मर्न लागेको छु !