आखाँ भरी भरी मेघ पर्ला जस्तो छ ।
दु:ख भरी आसुँ झरी झर्ला जस्तो छ ।।
घाऊ माथि नुन चुक छरी गयौ पो ।
आय्या ! मृत्यु अझै पास सर्ला जस्तो छ ।।
इच्छा थियो ठुलो माथि नभ छुने त्यो ।
मुटु फुट्दा ज्यान आँफै मर्ला जस्तो छ ।।
आई हेर एकै छिन सम्झी प्यार त्यो ।
चोला फेरी मृत्यु घाट तर्ला जस्तो छ ।।
मृत्यु मेरो बाधा तिम्रो टर्ला जस्तो छ ।।
हाँसी खुशी रहे तिमी मेरो इच्छा यो ।
इष्ट देव तिम्रै भलो गर्ला जस्तो छ ।।