आखा भित्रै राखु भन्थे उनी लाई पाए देखि ।
अंगालोमा बाँधी राख्थे मेरो सामु आए देखि ।।
टाढा बाट माया दिए शायद त्यों थोरै भयो ।
धेरै धेरै अझै दिन्थे उनी संगै भए देखि ।।
समीप आई सुम्सुम्याई फल्ने फुल्ने पिरतीमा ।
घात दिन्न अब भनी सत्य बांचा खाए देखि ।।
धुरु धुरु रुने थिईना दिन रात बियोगी भै ।
ख़ुशी हुन्थे रोए पनि उन्ले माया लाए देखि ।।
अंगालोमा बाँधी राख्थे मेरो सामु आए देखि ।।