आँखा चिम्लेर पनि तिम्रै धूनमा
आँखा खोलेर पनि तिम्रै धूनमा ।।
रात दिन, साँझ बिहानी पनि
छैन काम, मात्र तिम्रै धूनमा ।।
जुनेली रात या औंशी अँध्यारो
आकाश हेर्दै बस्छुं तिम्रै धूनमा ।।
स्पन्दन होस् या सासको आरोह
लय हाल्दै बस्छुं तिम्रै धूनमा ।।
उत्तर सोच्दै बस्छुं तिम्रै धूनमा ।।