आँखा खोली जब हेर्छु ,तिमिलाई देख्न पाउ ,
हिर्दयका पाना भरी तिम्रै नाम ,लेख्न पाउ!!
साहारा बिनाको यो जिन्दगी ,बेबारिसे भई लडदा खेरी
तिम्रै हातहरु समाई , खुट्टा हरु टेक्न पाउ !!
तिम्रो जिन्दगीमा आधिहुरी आउन लाग्दा
पहाड भयर सबै तुफान छेक्न पाउ !!
चोट लाग्दा तिमीलाई ,मलाई झन पिडा हुन्छ
चाहराइ रहेको तिम्रो घाउमा ,मलम लगाइ सेक्न पाउ !!
हिर्दयका पाना भरी तिम्रै नाम लेख्न पाउ !!