अलग नहोस् भन्दा-भन्दै पाटो अलग भयो,
गन्तव्यमा पुग्नै लाग्दा बाटो अलग भयो।
मेरो छातीबाट तिमी हैन मुटु खोसे,
चाहिएन कोही अरू, साटो अलग भयो।
दुबैको चोट यौटै अनि पीडा बराबरी,
समयको अन्तरालमा खाटो अलग भयो।
म छु यहाँ परदेशमा तिमी गाउँ घरमा,
पैतालाले कुल्ची हिँड्ने माटो अलग भयो।