अलिकति पिउन देउ, गला भिजाउँछु म !
बेखुसीछ योमन मेरो, आज रिझाउँछु म !!
नरिसाइद्यौ पिउँदा मैले, मेरो भन्नु तिमी,
राताआँखा चर्कैस्वरले, माया फिजाउँछु म !!
बाध्यताले पिउँन बस्छु, नत्र के को रहर,
बाधा आउँदा बाध्यतामा, अनि रिसाउँछु म !!
पिउँदैमा दुइचार घुट्को, खस्दैन आकाश,
काँडा हैन फूल सम्झ, नत्र बिझाउँछु म !!
मानिसले नै पिउँने यो, सबैलाई चाहिने,
धेरैहैन थोरैछ यो, अहिल्यै सिध्याउँछु म !!
पिउनु हैन ठूलो कुरा, रहनु हो होसमा,
भन्दैछु यो होसमै रही, बाचा निभाउँछु म !!
मधुशाला प्रेमको पनि, साथै रित्याउँछु म !!
न सकिने न पिएर, पिउँने यसै भन्छन्,
यसै गरी प्रियसीलाई, सधैं झिंजाउँछु म !!