अल्पकालमै खडेरीले सुकी जाने मूल भएँ,
चिमोटेर-निमोठेर फ्याँकिने म फूल भएँ।
मान्छेभित्र मान्छे यहाँ खोजी मर्दा भेटिएन,
यो विचित्र जमानाको विचित्रकै भूल भएँ।
यही छातीमाथि टेकी गयौ पारि तरेर,
जीर्ण भई बीचैमा भाँचिएको पुल भए।
आफ्नै बाटो हिँडिरहेँ पसिना बहाउँदै,
कुन्नि किन दुनियाँको मुटु घोच्ने शूल भएँ!
तिम्रो यादले सताउँदा प्युने रहर जाग्दै गो,
प्युँदै गएँ,प्युँदै गएँ,प्युँदा-प्युदै झुल भएँ।
'सागर' हुन खोज्दाखोज्दै आखिर म त कूल भएँ।