अंधकार भो जीवन हाम्रो ज्योति कस्ले देला?
धौ धौ भयो दुईछाक खान रोटी कस्ले देला?
भनेको नी कहाँ छू र हिरा, मोती देऊ मलाई!
हाम्लाई केवल अवसरमा छोपी कस्ले देला?
नून जस्तै चर्को भयो हाम्रो देशमा राजनीति!
आफ्नै भुंडी भर्छन हाम्लाई धोती कस्ले देला?
ढलेको छ जीवन हाम्रो सड़क पेटी छेउतीर!
मान्छे भई जड़ा गाड्थ्यौ, रोपी कस्ले देला?
जन्माएर छोड़ी दियौ गोड़ी कस्ले देला?