अनेक धर्महरुले विभाजित मेरो आँगन ;
आ आफनै कर्मले हारजित मेरो आँगन ;
धर्महरुका साँध छुट्टिएपछी पिंढीहरुमा ;
भिन्नै पाइलाले परिमार्जित मेरो आँगन ;
बा आमा बिर्सिएर धर्मका घर पुज्ने यहाँ ;
धार्मिक प्रतिवादले आर्जित मेरो आँगन ;
स्वर्गको बहानामा दिब फेर्दै भित्ताहरुमा ;
असत्यको पीडाले स्रिजित मेरो आँगन ;
अन्तरसम्बोधनले विसर्जित मेरो आँगन |