अनि मनको रणभूमिमा चुकेपछी थाहा पाए ;
जुन प्रेममा बन्धक मन फुकेपछि थाहा पाए ;
अझै क्रमश: भत्किदै गएका रहरहरु मनबाट ;
अब दुनियाको सामुन्ने नै थुकेपछी थाहा पाए ;
र त्यागका क्षणिक लहरमा समाप्त भयो खुशी ;
मेरो बन्द आँखामा आँशु सुकेपछि थाहा पाए ;
स्वतन्त्र थियौ तिमी जे चहान्थ्यौ पुरा गरेउ ;
आज पराईको घुम्टो भित्र लुकेपछी थाहा पाए ;
छिन्न भिन्नै भो यो मुटु दुखेपछि थाहा पाए |