अनिश्चित यात्राभन्दा टुंगै प्यारो बनिदियो
साक्षात ईश्वरभन्दा बढी ढुंगै प्यारो बनिदियो
कहिले रथ कहिले गाढा जिन्दगि यो बोक्दाखेरी
रथ गाढाभन्दा बढी डुंगै प्यारो बनिदियो
लाली लाएँ पाउडर खसें अनुहार राम्रो पार्न
लालीपाउडरभन्दा बढी जुँगै प्यारो बनिदियो
शोभा फूलीदिनुअघि चुँडाएर लान थाले
बोट कोपिलाभन्दा बढी थुंगै प्यारो बनिदियो