अनित्य उसको मायाँले रुवायो हजुर ।
रुवाई अंश्रुको दहमा डुवायो हजुर ।
कठोरै रहेछ उसको निर्दयी त्यो दिल,
मेरो त मुटु मै काँढाले छुवायो हजुर ।
मायाँ'म गरें'थें उसलाई जीवनै सुम्पेर,
उल्टो नै बियोग भित्र पो कुवायो हजुर ।
अनुक्त नाता र सम्बन्ध जोडेछु मैले त,
मायाँको बदला बिष पो खुवायो हजुर ।