झुठा वाचा खान तिम्ले, छोड़े हुन्छ अब !
पुरा गर्न नसक्ने ले, तोड़े हुन्छ अब !
हिजो सम्म मेरो हजुर, आज को हो को हो,
बकम्फुसे नाता अन्तै, जोड़े हुन्छ अब !
काँध कसैको चढ्दैमा, छोईदैन गगन,
तिम्रो सोच बिचार त्यों, मोड़े हुन्छ अब !
धन होइन मन ले पो मान्छे हुन्छ ठुलो,
लालच को घैटो तिम्रो, फोड़े हुन्छ अब !
अन्तै फुल पिरती को गोडे हुन्छ अब !!
(`स्टारहांग बान्तवा "जलन" जी ले गजल को मिसरा-ए-सानी `तिम्रो सोच, बिचार त्यों मोड़े हुन्छ अब` लाइ `घायलको तरही मुसायरा-२२` मा तरहको रुपमा दिनु भएको थियो ! त्यसै उल्लेखित मिसराको आधारमा यो गजल लेखेको छु )