अन्याय र अत्याचारमा आबज उठ्नु पर्छ।।
मिली जूली बिरोधीमा समाज जुट्नु पर्छ।।
भन्ने गर्थे जीजू बाजे पूर्खाले यसै गरी,
गोर्खालीको सामु यहाँ आकाश झुक्नु पर्छ।।
तेज तिर तारो जस्तै नेपाली सधै भरी,
दौडानमा परे पछि बतास रुक्नु पर्छ।।
चम्किएर बिजूली त्यो गर्जिय बादलु नै,
हाँस्न खोज्ने चाँदनीको प्रकाश लुक्नु पर्छ।।
गाउँ अनी शहरमा बिकास फुट्नु पर्छ।।
गर्नै परे युद्ध फेरि देखाएर बहादुरी,
ढुकुटी नै खोक्रो पार्ने बदमास कुट्नु पर्छ।।