अपराधिलाई एक दिन, गाल्छन जनताले
हेर्दै जाउ जेल भित्र, हाल्छन जनताले
काम बिना भत्ता खान, ससंद चलाउदैछौ
छ सयको गोठलाई नि फाल्छन, जनताले
तुहाएर छाड्छौ किन ? सुनौला चाहनालाई
बिद्रोहको राँको अब, बाल्छन जनताले
बाघ बन्दै स्यालहरु, कराउदा थाह पाईयो
हुन्न काम नयां पाइला, चाल्छन जनताले
श्री ५ ढाले तिमीलाई नि, ढाल्छन जनताले