आपसमै भनाभन, गर्ने बानि छोड अब
सत्ता मात्र तानातान, गर्ने बानि छोड अब
हुने छैन फेरी गल्ति, भनि बाचा गरेका थ्यौ
आफै गल्ति जानाजान, गर्ने बानि छोड अब
ईज्जत भा पो बेईज्जतको डर, नभएसि गर्यौ जे नि
ससंदमै हानाहान, गर्ने बानि छोड अब
दुई हैन चार वर्षमा, बन्या छैन सबिंधान
स्वार्थले नै योगदान, गर्ने बानि छोड अब
गौरबले हास्दै यहाँ नेपालि भै बाच्ने भए
जनता माथि बेईमान, गर्ने बानि छोड अब