आपतमा देउता मान्छ, सुख हुँदा थुकी हिँड्छ ।
मान्छेको जातै यस्तो हो मौकाहरु ढुकी हिँड्छ ।।
घरको बाघ हुनेहरु, बाहिर चाँही बिरालो ।
अलिकति अफ्ठेरोमा दुलो खोजी लुकी हिँड्छ ।।
गरे हुँदथ्यो कर्म कुनै, कुरा काटी बस्नु भन्दा ।
अघि पर्दा निहुरिन्छ, पछि पर्दा भुकी हिँड्छ ।।
आदर्श धेरै नै छाँट्छ, कर्तव्यमा हात् बाँड्दैन ।
सहयोगी हात माग्दा, सानो मन सुकी हिँड्छ ।।
खोजे हुन्थ्यो अवसर, पल पल चुकी हिड्छ ।।