अपूर्ण सपना सजाएं मैले!
आँफैंभित्र प्रफुल्ल रमाएं कैले!!
धन कमाउने रट लगाएं मैले!
सजल नेत्र प्रियेषिलाई अर्थाएं मैले!!
घर आगन छोडि हिड्दा,
भक्कानिएंको मनलाई सम्झाएं मैले!
पराय देशको गुल्लमी गर्न,
मरिभुमितिर यो कदमा बढाएं मैले!
अजनवी देशको नोकर बन्न,
आफ्नै जेथा शाहुलाई थमाएं मैले!
कस्तो मती हराएं मैले!
स्वामिको छि:छी:दुर दुर सुन्दै,
चुपचाप गैंती वेल्चा चलाएं मैले!
पचास डिग्रिको टन्टलापुर घाममा,
पसिना धारा बगाएं मैले!
ठुलो भाग खोज्न हिड्दा,
पीडाले द्रविभुत आँसु खसाएं मैले!
भन्नु सुनाउनु कसलाई यहाँ,
कती अपगाल सङ्गालें मैले!
धन कमाउने रहर पाल्दा,
मनोईच्छाहरु मनैभित्र मराएं मैले!
अर्थ न वर्थ अन्जान भुमिमा,
व्यर्थै ज्यान गलाएं मैले!