अराजकता बढ्यो खुबै छातीभरि देश दुख्छ
भ्रस्टाचारी हुँदा जम्मै छातीभरि देश दुख्छ ।।
लुटाउने र फूटाउनेले छक्कल मारी हिंडेपछि
मानवता गुम्यो पुरै छातीभरि देश दुख्छ ।।
जनताहरु भोकैनांगै रुंदाखेरि अभावले
पीडा दु:ख जताततै छातीभरि देश दुख्छ ।।
हेर्ने आसा देख्ने आसा शान्ति अनि संबिधान
फेरी मिल्यो धोकामात्रै छातीभरि देश दुख्छ ।।
सपना खेर गए त्यसै छातीभरि देश दुख्छ ।।