अजीर्ण भई पेट दुख्ला, गजबसित गाली खाओ ।
गर्दै छन् झैँ देखाउन, चास्सचुस्स टाली खाओ ।।
वर्षौवर्ष गुजारेर भोज र मोजमा भुलिरा'छौ ।
माखै मार्नु परेन त, बसीबसी खालि खाओ ।।
आफ्नै भुँडीबाहेक अरू, नदेखिँदो रै'छ हगि?
विवश नेपाल आमालाई भड्खालामा हाली खाओ ।।
फुलाउने-फलाउने मिठामिठा कुरा गर ।
डालीडाली चालीचाली, रूखैसमेत ढाली खाओ ।।
ढुकुटीको सबै खाओ ।मेचीदेखि काली खाओ ।।
बयान गरी साध्य छैन नौटङ्कीका चालामाला ।
झुक्याउन जानेकै छौ, भाषण ठोकी ताली खाओ ।।