अहिले पो मुख मात्यो त, सेल सुधार्नुपर्छ ।
के-के रोग लाग्छ भन्छन्, तेल सुधार्नुपर्छ ।।
जसले हान्यो, उसले जान्यो, बडो रमाइलो ।
सके अलिअलि यो, खेल सुधार्नुपर्छ ।।
यदाकदा थेगी थामी, नसक्नु पो बन्छन् ।
बाँध बाँधी जनताको, भेल सुधार्नुपर्छ ।।
वारमा पनि ब्यारमा पनि, धेरै सजिलो ।
भारततिर चल्नेचाहिँ, रेल सुधार्नुपर्छ ।।
अरू छाडी पहिला त, जेल सुधार्नुपर्छ ।।