असल बाउको बिग्र्या छोरा धिक्कार छ तंलाई!
पुर्ख्यौली धनमा राइं दाईं बेकार छ तंलाई!!
नगर्नु गर्छस तल माथि निश्चिन्त र निडर!
बाउको सम्पत्ति छ्याल ब्याल सरकार छ तंलाई!!
सराव सवाव तेरो दाना आदत हो पुरानो!
अजंग महल रास लीला दरबार छ तंलाई!!
कुरिति भित्र्याइ शिव मास्नु विचार त्यो खराब!
मरुन बाँचुन अरु केको दरकार छ तंलाई!!
खान्छस तान्छस गाजा भाङ अहंकार छ तंलाई!!