अशान्तिको आगो सधैँ दन्किएर देश डुब्यो
सीमानामा वैरीहरू तन्किएर देश डुब्यो
आफ्नो औकात बिर्सिएर ठूलाठालू बन्दै हिड्ने
च्याऊ जस्ता नेता सबै सन्किएर देश डुब्यो
निजि स्वार्थ मौलाएर चारै तिर ढाक्दा खेरी
विकासका पूर्वाधार नै थन्किएर देश डुब्यो
जता ततै काम भन्दा दाम प्यारो हुँदै जाँदा
भ्रष्टाचारका मोटा झिँगा भन्किएर देश डुब्यो
कतै भने डिस्को नाच घन्किएर देश डुब्यो