आँशु छल्कियो रोक्नै नसक्दा !
पिडा बल्कियो बोक्नै नसक्दा !
संसार हाँस्छ तिम्रो दु:खमा !
हाँसो ले आँशु छोप्नै नसक्दा !!
हाँसो र आँशु को संगम जीवन !
पिडा मा खुशी रोप्नै नसक्दा !!
निलु वा ओकलु बिच्मा अड्कियो !
घाँटी मा बिझायो टोक्नै नसक्दा !!
वर्षा झैं बर्षिने आँशुको मुल यो !
मुल्य झरीको तोक्नै नसक्दा !!