अस्तित्वको लागि लड्न, डराउन त हुन्न हजुर
बिना कारण बिपक्षमा, कराउन त हुन्न हजुर
शान्ति प्रेमि नेपाली हौ, बैरभाव त्याग्नु पर्छ
हत्या हिसां फेरी मन, पराउन त हुन्न हजुर
दाजु भाईकै काटामार छ, खोला बग्छ रगतको
त्यहि खोलामा स्वार्थि डुङ्गा, तराउन त हुन्न हजुर
मिलिजुलि बस भन्दै, नेपाल आमा रुदैछन् नि
फुल फुलाउ बिकासको, झराउन त हुन्न हजुर
आफ्नो लागि धेरै गर्यौ, अब देशको लागि गर
सधै आफ्नै स्वार्थ भित्र, हराउन त हुन्न हजुर