आँसु धारा दर्किएर फेरि यहाँ सुक्छ किन?
छाती मेरो चर्किएर अनायसै दुख्छ किन?
आत्मा कति जलेको छ,हेर्दा कहाँ देखिन्छर,
निभ्न ला'को मनको आगो,बैरी आई फुक्छ किन?
घाऊ चोट देखे देखी,मल्हम पत्ति गर्ने थिए,
हृदयमा खट बनी,पीडा सँगै लुक्छ किन?
संर्घषको यात्रा कतै,आल्झिएर आफै भित्र,
गन्तब्यमा नपुगेरै, एका एक चुक्छ किन?
बाँच्ने आस्था मनैभित्र,चुडिएर झुक्छ किन?