अति स्वच्छ माया लगाएर आयौ l
बल्यो दीप माला जगाएर आयौ l
सधैं शून्यतामा हराउथें कराउथें l
सबै पीर चिन्ता भगाएर आयौ l
कतै चित्त सानो कतै भाव खोटो l
कयौं फोहर मैला बगाएर आयौ l
दियौ धर्ति सिंगै दियौ प्रेम चोखो l
पिलाउनै सुधारस मगाएर आयौ l
गर्यौ स्नेह साँचो सगायेर आयौ l