आयौ निकै रिसमा तिमी, दिन फुल खोज्दै थिएँ ।
तथानामको गालि दियौ, आफ्नो भुल खोज्दै थिएँ ।।
व्यथै दोष दिने तिम्रो, नियत के पो हुन सक्छ ।
बुझ्न त्यति गाह्रो थिएन कारण मुल खोज्दै थिएँ ।।
दाँया बाँया नसोचेरै, पस्यौ उर्लि बाढी माझ ।
तल माथी पक्कै थियो तर्ने पुल खोज्दै थिएँ ।।
घमण्डले तिमी भित्र स्वार्थ निकै फुलेकोथ्यो ।
म दुखाईमा मुटु माझ, बिझ्या सुल खोज्दै थिएँ ।।