थाके भनु भने सगरमाथा चढ्न बाँकि छ
अझै कति कति लडाईहरु लड्न बाँकि छ
पढेछु र के मैले यो दुनियामा आजसम्म
मेरै जीवन यो टुक्रा टुक्रा पढ्न बाँकि छ
हरेक साँझ थाकेर भन्छु धेरै गरे आज
सबै अरु को आफ्नो त अझै गर्न बाँकी छ
मैदान त अझै छिचोल्न बाँकी छ जीन्दगीको
चढे उकाली सिङ्गो ओराली झर्न बाँकि छ
धेरै गर्नु पर्छ तैले अझै मर्न बाँकि छ