बाल जनता टायर अझै, कती बाल्छौ बाल ।
सडक बाटै तताएर, सामन्तिलाई ढाल ।।
गरीब ठग्ने राजनितीको, आड भरोसामा ।
गाउका शोषकलाई नी, हिलो जस्तै गाल ।।
देशमा यत्रो झगडा छ, कानो बन्ने ति ।
सड्या जती नेता लाई, कुर्सी बाटै फाल ।।
जनता लाई ओझेल पारी, स्वार्थ हेर्ने सबै ।
देश लुट्ने मन्त्रिलाई, खन्नै पर्छ खाल ।।
लुटी ल्याउने भुटी खाने, ठिक छैन चाल ।।