बारिभरि ढकमक्क, सयपत्रि फ़ूल फ़ुल्दा ।
टोल भरि देउसि भैलो, खेल्ने हूल डुल्दा ।
बैनि तिमि रुदै हौलि, मेरो बाटो हेर्दै ।
प्रदेशि गा'को, तिम्रो दाजु घर नफ़र्कदा ।
याद आउछ, सेलरोटि अर्षा झिलिङ्गाको ।
मुर्छा परे मेरि बैनि, तिम्लाइ सम्झि रुदा ।
मखमलि चोलि तिम्लाइ, घडि किनेको थे ।
भक्कानियो मुटू मेरो, छुट्टि नपाउदा ।
तिम्रो टिका थाप्न आउछु, अर्को तिहार आउदा ।