बाटो हेर्दै छिन् रे प्रिय,फर्की चाडै आउला भनी,
धेरै दिन भयो रे नखाएको सँगै बसी खाउँला भनी
मिलनका रमाइला क्षणहरु सम्झी सम्झी,
दिन रात बिताउछिन् रे चोखो माया पाउँला भनी
शुभ पल शुभ घडी ,शुभ साइत जुराएर,
कसम खाइ बस्याछिन् रे मेरै साथ जाउँला भनी
उकाली र ओरालिमा, देउरालीलाई भेटी चाडाइ,
हाम्रो मिलन गराइ देउ है ,फेरी धाउँला भनी
सात वटा फेरी लगाइ, दुलही बनी जाउँला भनी