बाचा गरी लाको बन्धन् टुटेपछि रोएँ ।
कर्म संगै भाग्य मेरो फुटेपछि रोएँ ।।
जुनीभरी संगालेर सजाएको माया ।
निष्ठुरीले सबै ख़ुशी लुटेपछि रोएँ ।।
संगै बाँचू संगै मरूँ भनी बांचा लाई ।
बिस्वासको साथ हाम्रो छुटेपछि रोएँ ।।
जोरी पारी बैरी थिए हाम्रो माया देखि ।
आफ्नो भन्ने पराईसंग जुटेपछि रोएँ ।।
उनै मुटु काट्नलाई उँठेपछि रोएँ ।।