बाँच्नुको कुनै अर्थनै छैन साहारा छुटेसी ।
कसरी हाँस्नु सबैको सामु चाहना लुटेसी ।।
हृदय भरी कसैको माया सँगली राखेथ्ये ।
रोजेको कहाँ पाईन्दो रैछ भाग्यनै फुटेसी ।।
मेटिन गार्हो रहेछ यहाँ भाबिको लेखान्त ।
दुनियाँ सारा मिलेर मेरो बिरोधमा जुटेसी ।।
आँशुले त्यसै रसाउदो रैछ परेली जहिल्यै ।
जिन्दगी भरी नछुट्ने नाता सबैनै टुटेसी ।।
कसरी हाँस्नु सबैको सामु चाहना लुटेसी ।।