बादलुको ओतपरे नि, तीम्रै छाया लाग्थ्यो ।
मलाई घृणा गरे पनि, तीम्रै माया लाग्थ्यो ।।
तीमिलाई नदेख्दा, कयौ चोटि एक्लोपनले
मेरो आशु झरे पनि, तीम्रै माया लाग्थ्यो ।।
पराइ को साथ लागि, कड्किएर सधैं नै
जती आँखा तरे पनि, तीम्रै माया लाग्थ्यो ।।
छाती भरी बेदना र, मुटु भरी खोट ले
सयौ चोट दिए पनि, तीम्रै माया लाग्थ्यो ।।
भित्र भित्रै खिए पनि, तीम्रै माया लाग्थ्यो ।।
छोडि गयो पापिनीले, भिज्छ सधैं परेली
झझल्को ले सताउछ, तीम्रै माया लाग्थ्यो ।।