आज केही खास बन्दैछु
फेरी बदमाश बन्दैछु
बास्नाहरु मनपर्न छाड्यो
त्यसैले पलास बन्दैछु
एक्लै बस्छु हास्छु कैले
कहिले निराश बन्दैछु
डुबेर चुर्लुम्म मदिरामा
सधैं रित्तो गिलास बन्दैछु
भेट्ने डर छ बेईमानिहरु
चैतको बतास बन्दैछु
जलाउ आउ अनुभव यो
लौ शिशिर मास बन्दैछु