बगर बिच म आफ्नै रुप ढालेर आएँ
जिउन भनि तिम्रो छवि बालेर आएँ ।
रुनु छ कति दु:खी रे ! कति सम्झेर ब्यथा
जतन गरि दुखेको मन टालेर आएँ
जलि-जलि म उदासी मन बोकेर फेरी
कसरि भनुँ जलाई दिल गालेर आएँ
निरह बनि हिँडेको छु म च्यापेर हाँसो
जलन जति सबै ती दिल पालेर आएँ
अछुत मन पखाली सब फालेर आएँ