बैगुनीले घात गर्दा बेहाल भएँ आज !
वियोगमा रुनु पर्दा बेहाल भएँ आज !!
न त घरको न त घाटको बनाएरै गयौ !
खुशीहरु सबै हर्दा बेहाल भएँ आज !!
संगैं जिउने संगैं मर्ने, कसम आफैं तोडी !
इच्छाहरु भित्रै मर्दा बेहाल भएँ आज !!
खुशी जति लुटीसक्यौ के नै बाँकी छर !
मनै भरी पिडा छर्दा बेहाल भएँ आज !!
मन त्यो अन्तै सर्दा बेहाल भएँ आज !!