बैरी रग्मगायो,यस्तो किन आमा ?
धर्ती डग्मगायो यस्तो किन आमा?
के गुम्यो र उस्को, त्याहाँ मठ तोड्दा
पापी जग्मगायो, यस्तो किन आमा?
चीनो बीरताको, जम्मै लुटि लाग्दा
ब्यथा मग्मगायो, यस्तो किन आमा ?
देखेनौ र तिम्ले? सर्दै छ सिमा त्याँ
दुश्मन् सग्मगायो, यस्तो किन आमा??
यही गजल यस्तो पनि हुन सक्छ र?
बैरी रग्मगायो मेरो किन आमा
धर्ती डग्मगायो मेरो किन आमा
सर्यो आँगनीको सीमा यहिं रम्दा
दुश्मन् जग्मगायो मेरो किन आमा
शुश्ता चाँदनी दोधारा मिचिँदा त्याँ
आत्मा सग्मगायो मेरो किन आमा
गाथा बीर नेपालीको लुटि लाग्दा
ब्यथा मग्मगायो मेरो किन आमा