बैंश झर्यो पात संगै कहा फुल्छ झरेपछि,
मुना हुदै ओइलिएर के फल्छ र मरेपछि ।
उम्राने त्यों टुषाहरु ओइलिएर मरेपछि ।
मन्को सबै ईच्छाहरू आधा अधूरी नै रह्रो,
कोपिला मै नशादेखि भित्रै बिष सरेपछि ।
उम्राने त्यों टुषाहरु ओइलिएर मरेपछि ।
कसो गरी बाँचू अब दिनै आँशु बगाएर,
पीड़ा ब्यथा सही एक्लै यहाँ बाँच्नु परेपछि ।
उम्राने त्यों टुषाहरु ओइलिएर मरेपछि ।
के लाग्छ र दैवले त्यों सबै ख़ुशी हरेपछि ।
उम्राने त्यों टुषाहरु ओइलिएर मरेपछि ।
असाध्य नै तन जल्यो किन होला भित्रभित्रै ?
जले आफ्नै रहरमा मन जल्ने गरेपछि ।
उम्राने त्यों टुषाहरु ओइलिएर मरेपछि ।