बैश छ्दा... फुलाउने सबको लागि माली भए ।
बैश जादा.. बेमौसमी सबको लागि बाली भए ।।
तन भरी यौवन... चढी जवानी ले मस्त हुँदा ।
गाउ गाउमा बोलाउने सबको लागि साली भए ।।
मेरो रुप को लाली चोरी इन्द्रेणी ले रङ्ग भर्दा ।
थुङ्गा हरु फक्रिए झै.. सबको लागि डाली भए ।।
रस चुसी फ्याके पछी ओइलिएको फुल जस्तै ।
जवानी यो ढल्किएछ सबको लागि काली भए ।।
कन्टेनरमा फालिएको बोतल जस्तै खाली भए....