बैंसालु त्यो उमेर ढल्केपछि थाहा पाउछौ
दैलोमा पापी-काल पल्केपछी थाहा पाउछौ
दुनिया रुवाई अट्टहास हाँसो-हाँस्छौ तिमि
परेलीमा सागर छल्केपछी थाहा पाउछौ
संसारमा सितल छु भन्ने दम्भ गर्छौ तिमि
अँधेरीमा चन्द्रमा टल्केपछी थाहा पाउछौ
मानिसको जिन्दगी यो परालको आगो जस्तै
चिता माथी दन्दनी सल्केपछी थाहा पाउछौ