सुर चक्नाचुर भयो र त दिमाग तात्यो,
आफ्नो दूर भयो र त दिमाग तात्यो ।
जस्लाई आँखाको नानीसरि आँखामा राखे,
त्यो आँखाको घुर भयो र त दिमाग तात्यो ।
बर्खाको भेल नभनि भवसागर तराए त्यस्लाई,
त्यहि मेरो असुर भयो र त दिमाग तात्यो ।
दधिचिको ब्रम्ह बज्र बनाउछु भनि बिचारे थे,
बजिया बाख्रीको खूर भयो र त दिमाग तात्यो ।
बाँच्नुनै कसुर भयो र त दिमाग तात्यो ।